Nov 29, 2020, 10:41 AM

FOLLOW: FacebookTwitterYoutube

पत्रकारिताको अराजकता

पत्रकारिताको अराजकता
थाहा खबर असोज
प्रदीप नेपाल

असोज ६ गते प्रेस काउन्सिलको स्थापना दिवस । राष्ट्रपति कार्यालयमा पुरस्कार र सम्मानको कार्यक्रम राखिएको रहेछ । सामान्य सूचनामा यस्ता कार्यक्रममा आजभोलि जान जाँगर लाग्दैन । उमेरजन्य कुरो पनि होला यो । त्यसैले म  सबैलाई भन्छु, ‘कार्यक्रमको अघिल्लो दिन मोबाइलबाट सूचना दिनु होला’ ।
बेलैमा खबर आयो । कार्यक्रमका भाषणहरु सुनेपछि मलाई लाग्यो – कार्यक्रममा आएर राम्रो काम गरिएछ ।
पहिलो मन्तब्य थियो, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको । पत्रकारिताको स्तर खस्किएको, पत्रकारको जिम्मेवारी ओरालो लागेको, पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएको भनिएको इ–पत्रकारिता त झनै अविश्वसनीय रहेको, प्रेस काउन्सिलको काम अनुगमन र सिफारिसमा थन्किएको, कारबाही गर्ने निकाय मौन रहने गरेको, त्यसैले यथा अवस्थामा प्रेस काउन्सिलले सञ्चार जगतको नियमन गर्न नसकेको गुनासो सुनाए । किशोर श्रेष्ठलाई नचिन्ने कोही छैनन् सञ्चार जगतमा । निर्भिक पत्रकार भनेरै चिनिन्छन् उनी । उनी समेत बिचरो भएको संचार जगत र प्रेस काउन्सिलको सत्य थाहा पाएपछि म दंग परें ।
दोश्रो वक्ता थिए, नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्य । पत्रकार महासङ्घका सभापतिले समेत गुनासै थपे । सन्तुष्ट थिएनन् उनी वर्तमान समाचार संप्रषण प्रति । तर त्यहाँ उनले प्रेस काउन्सिलले कारबाहि गरोस् भनेर आफ्नो राय राखे । 
तेश्रो वक्ता हुनु हुन्थ्यो राष्ट्रपति स्वयम् । उहाँको मन्तव्यमा पनि सञ्चार जगत आफैं अनुसासित हुनु पर्छ भन्ने भनाइ बुझिने भाषामा थियो । पत्रकारिताको वर्तमान प्रति उहाँको असहमति पनि बुझिने गरी नै संप्रेषित भएको थियो ।
२०५१ सालमा सञ्चार मन्त्री भएदेखि नै ‘सञ्चार क्षेत्रको व्यवस्थापनको जिम्मा प्रेस काउन्सिल र पत्रकार महासङ्घलाई दिनु पर्छ’ भन्ने मान्यता राख्तैै आएको मानिस हुँ म । मैले धेरै ठाउँमा लेखेको छु, भनेको छु, ‘सञ्चार राज्यको चौथो अङ्ग हो भन्नुको अर्थ त्यो नागरिक पक्षधर भन्नु हो । राज्य कहिल्यै पनि नागरिक पक्षधर हुँदैन । राज्य र नागरिक परस्पर विरोधी शक्ति हुन् । जुन दिन राज्य जन्मियो, सोही दिनदेखि त्यो नागरिक विरोधी भयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जे नाम दिए पनि राज्यले आपूmलाई संचालक मान्छ र नागरिकलाई कम भन्दा कम अधिकार दिन चाहन्छ । यसैकारण नागरिक राज्यबाट आफ्नो अधिकार जोगाउन संघर्ष गरी रहन्छ । तर आफ्नो चरित्रका कारण राज्य सबै कुरा आफ्नो मुट्ठीमा राख्न चाहन्छ । त्यसैले जहिलेसम्म राज्य रहन्छ तहिलेसम्म नागरिकसँग त्यसको मधुर संबन्ध कायम हुनै सक्दैन । नागरिकले सम्पूर्णतामा स्वतन्त्रता प्राप्त गर्ने भनेको राज्यरहित अवस्थामा मात्र हो ।
यसै कारण सन्चारलाई राज्यको चौथो अङ्ग भनिएको हो । सरकार, संसद र अदालत तीन अङ्ग राज्य पक्षधर हुने भैहाले । जनताको बोली बोल्ने भएको हुनाले संचारलाई चौथो अङ्ग भनिएको हो । राज्यको थिचोमिचोको विरोध गर्न, राज्यको मुट्ठीबाट नागरिक अधिकार तानेर ल्याउने कामको अगुवा सञ्चार नै हो । अहिले पनि आपूmले बुझेको यो मान्यता प्रति म अडिग छु । आफ्नो यही मान्यताका कारण त्यतिबेला मैले गोपालदास श्रेष्ठलाई प्रेस काउन्सिलको अध्यक्ष बनाएको थिएँ । त्यतिबेला मैले उहाँको पार्टी सदस्यता खोजेको थिइन । नेपालको पत्रकारिताप्रति उहाँको समर्पण, निष्ठा, लगनलाई हेरेर यो निर्णय गरेको थिएँ । गोपालदासको नियुक्तिको सत्यापन, प्रेस काउन्सिलले उहाँको नाउँमा स्थापना गरेको पुरस्कारबाट थप पुष्टी भएको छ ।
अहिलेको पत्रकारिताले आपूmलाई बिकाउ माल बनाएको छ । अपवादलाई छोडेर भन्दा हुन्छ, सञ्चारको जनप्रतिववद्धताको त कुरै नगरौं सत्य सम्प्रेषणमा पनि अनिकाल लाग्न थालेको छ । मैले संपादकको मिहिनेतमा चलेका साप्ताहिक अखबारको कुरा गरेको होइन । ‘बिग हाउस’ भन्ने बिकाउ शब्दको आविष्कार भएको छ पत्रकारितामा । तिनै बिग हाउसले निकालेका अखबारहरु मस्तीका साथ राजनीति गरिरहेका छन् यतिबेला । व्यक्तिको पार्टी निष्ठालाई रोक्न खोजेको होइन मैले । तर अखबारको सम्पादकीय र मुख्य समाचारहरुले राजनीतिक पक्षधरता देखाउनु हुँदैन । राजनीतिक टिप्पणीका लागि सबैले कम्तिमा पनि दुई पृष्ठ दिएकै छन् सबै अखबारले । त्यसमा अखबारले कुनै लेखक वा लेखक समूह मार्फत आफ्नो विचार सम्प्रेषण गराउन पनि पाउँछ । तर अखबारको सम्पादकीय टोली नै राजनीतिप्रेरित भयो भने, त्यसले आपूmलाई स्वतन्त्र पत्रकारिता भन्न मिल्दैन । हाम्रो मुलुकमा पहिले ‘मिसन पत्रकारिता’ थियो । त्यसको मिसन भनेको बहुदलीय व्यवस्था नै थियो । आफ्नो घोषित दायित्व पुरा गरेपछि मिसन पत्रकारितामा लागेका नब्बे प्रतिशत अखबारहरु हराए । 
तिनको ठाउँमा गैरजिम्मेवार र एकाङ्गी धारका ठूला अखबारहरु जन्मिए । तर तिनले राज्यको चौथो अङ्ग, अर्थात जनताको वास्तविक प्रतिनिधि हुने काम गरेनन् । उहिले चलेका मिसन पत्रकारिताले आपूmलाई जोगाउन प्रेसलाई ‘उद्योगको मान्यता देउ’ भनेर चलाएको अभियानले उनीहरुलाई त खायो नै । त्यसले पत्रकारितालाई घरानिया साहु महाजनको स्वार्थ पूर्ति गर्ने माध्यम पनि बनायो । जनतालाई बिर्सिएपछि पत्रकारिता मर्यादा बिहिन हुनु भनेको साँझ परेपछि रात आउनु जस्तै हो । अहिलेको नेपालमा त्यही रात चलिरहेको छ । जो शुन्य छ, सन्नाटामा छ अनि बनेको छ त्रासदी बोक्ने समाचार ।
नेपालको समाचार ‘स्याडिस्ट’ (यातनादायी) हुन्छ भन्ने अधिकाङ्शको निष्कर्ष हो । समाचारले सदाचार बोकुन भन्ने तिनको चाहना हो । समाचार राष्ट्रपति, प्रधानमन्त्री, ले शिलान्यास गरेको समाचारका ठाउँमा, जनताले भोग्नु परेको कष्टका बारेमा लेखिदिउन् र राजधानी शहरमा बसेकासम्म त्यो पीडा पु¥याई दिउन् भन्ने नागरिकको चाहना हुन्छ । तर अहिलेको पत्रकारिताले त्यतातिर आँखा लाएको पनि देखिएको छैन । 
नेपालमा सरकार झनझन महाठग र गैरजिम्मेवार हुँदै गएको छ । अदालत आफ्नै पैmसलाका कारण अविश्वनीय भइरहेको छ । नेता र ठूला कर्मचारीहरु अरब र करोडको भ्रष्टाचारमा मुछिएका छन् । हजारको भ्रष्टाचार त सबैतिर छ । सिङ्गै समाज भ्रष्टाचारप्रिय भएको छ । नागरिक समाज पार्टीको गोठालो भएको छ । बहुसङ्ख्यक वुद्धिजीविहरु प्रधानमन्त्रीको चाकरीमा बालुवाटार धाउने अभ्यासमा जुत्ताको तलुवा खियाइरहेका भेटिन्छन् ।
यस्तो अवस्थामा पत्रकारिता कसरी शुद्ध हुन सक्छ भनेर कुतर्क पनि गर्न सकिन्छ । तर खराब समाजमा नै राम्रा मानिसहरु जन्मिछन् । हिलोमा नै कमल फुल्छ भन्ने गहिरो ज्ञान पत्रकारसँगै हुन्छ ।