Apr 24, 2024, 05:25 AM

FOLLOW: FacebookTwitterYoutube

बैचारिक रुपान्तरणका तीन दशक

बैचारिक रुपान्तरणका तीन दशक
प्रदीप नेपाल
नवयुग फागुन

अहिलेको नेकपा (एमाले) को मूल ०२८–३० सालको झापा संघर्ष नै हो । सुन्दा नयाँ मानिसहरुलाई आश्चर्य लाग्न सक्छ । कहाँ लोकतान्त्रिक मूल्य र मान्यता बोकेको नेकपा (एमाले) कहाँको उग्रवामपन्थी आन्दोलनको अभियन्ता झापा संघर्ष !
लाग्नु एउटा कुरा हो । यथार्थ अर्को कुरा हो । 
हो यो लामो समयमा हामी, सामान्य राजनीतिमा कसैले विश्वास गर्न नसक्ने बैचारिक छलाङ मा¥यौं । यो छलाङ कुनै एउटा नेताको सपना थिएन । कसैको मगजको आविष्कार पनि थिएन । यो छलाङ जनताका विभिन्न समुदायका भावनाको अभिव्यक्ति थियो ।
थोरै इतिहासतिर जाउँ । 
२०२८ बाट सार्वजनिक भएको झापा आन्दोलन उग्रवामपन्थी थियो । तत्कालीन समयमा विश्वव्यापी प्रभाव विस्तार गरिरहेको माओत्सेतुङ विचारधारा यसको जग थियो । हुनान किसान आन्दोलनको रिपोर्ट पढेका विद्यार्थी र वुद्धिजीविहरु यसका अभियन्ता थिए । त्यतिबेला माओत्सेतुङ विचारधाराको विगविगी बढेको थियो फिलिपिन्स, मलेशिया, थाइल्याण्ड जस्ता दक्षिणपूर्वी एशियाली मुलुकहरुमा । दक्षिण एशियामा पनि टुटफुट र विभाजनसँगै माओत्सेतुङ विचारधाराले आधार बनाउँदै थियो ।
त्यही आधारको परिणाम थियो झापा संघर्ष । 
झापा संघर्ष, झापामा असफल भयो । तर सरकारी दमनका कारण त्यसले नेपालभरि एउटा नयाँ संवेदनात्मक आवेग सिर्जना ग¥यो । पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइंकेल र नारायण श्रेष्ठ जस्ता निर्दोष नागरिकको हत्या गरेपछि झापा संघर्ष युवा आकर्षणको केन्द्र बन्यो ।
यही वस्तुगत यथार्थमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्र गठन भयो २०३२ को जेठ महिनामा । यो झापा संघर्षकै उत्तराधिकारी थियो । तर यसमा झापाकालीन उग्रता थोरै मत्थर भएको थियो । किनभने यसमा मोरङ, सिराहा, सिन्धुपाल्चोकका कम्युनिस्टहरु सामेल भएका थिए । भिन्न भिन्न जिल्लाको अनुभव समेटिएको कोअर्डिनेशन केन्द्रको पहिलो घोषणापत्रमा उग्रवामपन्थ ओरालो लागेको महसुस गर्न सकिन्छ । तर उग्रवामपन्थबाट कोअर्डिनेसन संगठन मुक्त भएको थिएन ।
२०३० सालमा राज्य र विद्यार्थी आमनेसामने भए संघर्षको मैदानमा । राज्यले, क्याम्पसहरुमा  स्ववियु गठन गर्न नपाउने ठाडो आदेश जारी गरेका कारण विद्यार्थी राजनीति बेस्सरी तातेको समय थियो यो ०३०–३२ साल । झापाली बन्दीहरुको ठूलो समूह काठमाण्डौका जेलहरुमा आइसकेका थिए । उतिबेला विद्यार्थीको जेलयात्रा सामान्य जस्तै थियो । जेल परिसकेपछि जिज्ञासु विद्यार्थी र झापा संघर्षका प्रमुख नेताहरु बीच छलफल हुने कुरा पनि सामान्य थियो ।
यो छलफलले झापा संघर्षको दृष्टिकोण फराकिलो बनाउने काममा, झापा संघर्षका नेताहरुलाई प्रेरित ग¥यो । झापा संघर्षका असी प्रतिशत भन्दा बढी नेताहरु त्यतिबेला जेलमा थिए । एक प्रकारले भन्ने हो भने, झापा संघर्षले पुनर्जीवन पाउँछ कि पाउँदैन द्धीविधाको समय थियो त्यो । किनभने सरकारले झापा संघर्षलाई आतंकवाद भने पनि त्यसमा संलग्न नेताहरुलाई राजनीतिक मान्यता दिएको थिएन । उहाँहरु सबैजसोले सर्वस्वसहित आजीवन कारावासको सजायँ पाउनु भएको थियो ।
०३३ सालमा नक्खु जेल विद्रोह भयो । यो विद्रोहले राष्ट्रिय राजनीतिमा कल्पनातीत तरंग ल्यायो । 
नक्खु जेल विद्रोहपछि झापा संघर्षप्रति जड कम्युनिस्ट पार्टी र व्यक्ति बाहेक सबैको आकर्षण पनि बढ्यो । एकीकरण अभियानको लहर चल्यो । मेचीको विद्रोही पानी भेरिसम्म पुग्यो ।
त्यसैले कोअर्डिनेशन केन्द्रले, पार्टी पुनर्गठन गर्ने निर्णय ग¥यो । २०३५ साल पौष महिनामा झापा संघर्षको तेश्रो निरन्तरताका रुपमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) जन्मियो । झापाकालीन उग्रवामपन्थी चेतको छाँया त देखिन्छ नेकपा (माले) को स्थापनामा । तर अब त्यसलाई परिचयका लागि झापाली भनिरहनु पर्ने अवस्था रहेन । सानो संगठनको एक युनिट,एक स्क्वाड, एक एक्सन मुलुकको तीन चौथाइ भूभाग र हजारौं जनतामा पुगिसकेपछि व्यवहारिक हुने कुरो पनि थिएन ।
०३५–३६ को विद्यार्थी आन्दोलन नेकपा (माले) को जीवन रुपान्तरणमा सर्वाधिक महत्वको मोड बनेर आयो । पार्टीका संगठकहरु इमानदार थिए, कृयाशील थिए, जनताप्रति समर्पित थिए । कामको सन्दर्भमा उनीहरुका लागि दिन र रातको बीचमा कुनै फरक थिएन । तर त्यो राजनीतिक कृयाशीलता सानो समुदायमा समेटिएको थियो र पार्टीले समातेका कार्यकर्ताको स्तर पनि सिंगो समाजलाई दवाव दिन सक्ने खालको थिएन । आफ्नो तात्कालिक मान्यता अनुसार उसको काम किसान क्षेत्रमा केन्द्रीत थियो । तिनसँग आम जनतासँग जोडिने मुद्दा थिएनन् । फगत राजनीतिक मुद्दा बोकेर आन्दोलन अगाडि बढाउने परिस्थिति तयार भएको थिएन ।
किनभने जनकार्यको रुप बदल्ने चेत त्यतिबेलासम्म नेताहरुमा पुगिसकेको थिएन ।
यही द्धीविधाग्रस्त समयमा विद्यार्थी आन्दोलन भयो । त्यो आन्दोलनले जनमत संग्रह गराउने तहसम्म राजालाई निहुरायो ।
०३५÷३६ को आन्दोलनमा जति गफ गरे पनि त्यतिबेला कृयाशील राजनीतिक पार्टीहरुको कुनै नेतृत्वदायी भूमिका थिएन । जति थियो पार्टीद्धारा प्रशिक्षित युवा विद्यार्थीको थियो ।
राजनीतिक तयारी बिना पाइएको परिवर्तनको यो मुद्दालाई कुनै पनि राजनीतिक पार्टीले टपक्क टिपेर अगाडि बढाउन नसक्नुको कारण यही थियो ।
जे भए पनि जनमत संग्रह भयो । निर्दलले जित्यो, बहुदलले हा¥यो । अर्थात् निर्विकल्प भनिएको पन्चायती व्यवस्थाको विकल्प छ है भन्ने सन्देश जनमत संग्रहले थियो ।
जनमत संग्रहको घोषणादेखि परिणामसम्म थुप्रै बैठक बसे नेकपा (माले) केन्द्रीय कमिटीका । सत्य स्वीकार्न कब्जियत लागेको थियो त्यो हाम्रो जीवनमा । एउटा विद्यार्थी संगठनले एक धक्कामा राजालाई निहुराएको थियो । पार्टीमा जीवनको बाजी लाएर हिँडेका दर्जनौं युवाहरुले एउटा जिल्लामा क्रान्तिकारी उभार ल्याउन सकेका थिएनन् । 
पुरानोलाई छोड्नु पर्ने, तर मनले नमान्ने, नयाँलाई स्वीकार गर्नु पर्ने तर त्यसलाई पनि मनले नमान्ने । अनौठो द्धीविधाको जीवन बाँचेको थियो त्यतिबेलाको नेकपा (माले) को केन्द्रीय नेतृत्व ।
नेकपा (माले) को जीवनमा तिब्र राजनैतिक र बैचारिक बहस भएको समय पनि त्यही थियो ।
त्यो बहसमा सहिले जित्यो र जडताले हा¥यो ।
त्यतिबेला अनेरास्ववियू (एकताको पाचौं) अस्तित्वमा आइसकेको थियो । त्यो सँगसँगै पार्टीले मजदुर, किसान र महिला संगठन निर्माण गर्ने निर्णय ग¥यो । जनताको ठूलो समुदायलाई समेटेर मात्रै आन्दोलनलाई अघि बढाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेको नेकपा (माले) ले शिक्षक संगठन, मानव अधिकार संरक्षण मंच निर्माण गर्ने काम पनि सोही समयमा गरेको थियो ।
सरकारले आतंककारी र नेपाली कांग्रेसले नक्सलपन्थी भनी खेदेको नेकपा (माले) आम जनतालाई साथमा लिएर हिँड्ने निर्णयमा पुग्नासाथ नेपालको सबैभन्दा ठूलो जनपक्षीय राजनीतिक पार्टी बनेको थियो । 
बन्दुक र मृत्युलाई पहिलो सत्य मान्ने नेकपा (माले) विशाल पंक्ति मैले लेखे जसरी सपक्कै फेरिएको थिएन । हामी कुरा बुझ्नेहरुले चार वर्ष मिहिनेत गर्नु परेको थियो – बन्दुक होइन, जनता हाम्रो शक्ति हो भन्ने सत्य बुझाउन ।
नयाँ पथमा हिंड्न थालेपछि हामीले किसान सभा ग¥यौं । अन्तर्राष्ट्रिय नारी दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा रुपान्तरित ग¥यौं । यी काम सजिलै सम्पन्न भएका थिएनन् । सयौं साथीहरु गिरफ्तार भएका थिए । दर्जनौंका टाउका फुटेका थिए ।
तर जनपरिचालनको नयाँ चेतनाले हामीलाई नेपाली राजनीतिको निर्णायक थलो तिर लाँदै थियो । यसपछि हामीले पन्चायत भित्रै पन्चायत विरोधी संघर्ष चलाउने योजना बनायौं र राष्ट्रिय पंचायतदेखि गाउँ पन्चायतसम्म पार्टीका प्रतिनिधिको प्रवेश गरायौं ।
०४६ सालमा हामीले चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यौं । त्यो महाधिवेशनमा नेकपा (माले) ले माओत्सेतुङ विचारधारा छोड्नु पर्छ भन्ने निर्णय ग¥यौं । माओत्सेतुङ विचारधारा नै उग्रवामपन्थको अन्तिम निशानी थियो ।
०३६ सालको विद्यार्थी आन्दोलनको सफलताले दिएको ज्ञानको निरन्तरताले हामीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पाचौं महाधिवेशनमा पु¥यायो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले खुला बहस आरम्भ ग¥यौं महाधिवेशनमा प्रस्तुत हुने विचारलाई सार्वजनिक गर्ने निर्णय गरेर । पाचौं महाधिवेशले हाम्रो पार्टीलाई सम्पूर्णतामै उग्रवामपन्थबाट मुक्त ग¥यो । जनताको बहुदलीय जनवाद र नौलो जनवादको बहस र मतदानमा जनताको बहुदलीय जनवादले अत्यधिक ठूलो बहुमत हासिल ग¥यो ।
पाचौं महाधिवेशन यताको नेकपा (एमाले) को यात्रा पार्टी कार्यकर्ता मात्र होइन, सर्वसाधारण जनतामा पनि खुला छ । त्यसको बारेमा अतिरिक्त लेखिरहनु परोइन । यो यात्रालाई देख्ने मात्र होइन, भोग्ने पनि हामी जीवितै छौं ।
अन्तमा, मलाई भन्न मन लागेको सिद्धान्त होइन, व्यवहारको कुरा हो । सिद्धान्त र व्यवहार बीचको अन्योन्याश्रित सम्बन्ध हामीले पालन गर्न सकेका छौं कि छैनौं ? मेरो विचारमा छैनौं । यो बहसमा सहभागी हुन म सबै कमरेडलाई आह्वान गर्दछु । के हाम्रो पार्टी पाचौं महाधिवेशनले तय गरेको बाटोमा हिँडिरहेको छ ? छैन । के हाम्रा जन संगठनहरुलाई हामीले ठीक ढंगले चलाउन सकेका छौं । मेरो बिचारमा छैनौं । पार्टीकै हिसाबमा भन्दा पनि सत्ता हाम्रो  अभिष्ट हो । तर केका लागि ? हाम्रो कार्यक्रम लागू गराउनका लागि । पछिल्ला दिनमा के हामीले यो कार्यक्रमको अनिवार्यताको कुरो सोचेका छौं ? छैनौं ।
प्रकृति गतिशील छ, समय गतिशील छ । यसको अर्थ मानव जीवन पनि गतिशील छ र हाम्रो जीवन पनि गतिशील हुनु पर्छ । 
माक्र्सवादको सच्चाइसँग जनताको बहुदलीय जनवादलाई जोडौं र हाम्रा ब्यवहारसँग बहुदलीय जनवादलाई जोडौं । हाम्रो पार्टीको भविष्य यसैमा उज्यालो हुनेछ ।
पार्टीमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेको, सिद्धान्तलाई ब्यवहारसँग जोड्न नसक्नु नै हो । जनताको बहुदलीय जनवादलाई पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त मानेको छ । तर त्यसले हाम्रो सँगठनलाई व्यवहारको क्षेत्रमा निर्देशित गरिरहेको छैन । मान्छेका रुग्ण महत्वाकांक्षाका लागि भद्दा कमिटीहरु बनाएका छन् । बहुपदका नाममा परिभाषा दिनै नसकिने पदहरु सिर्जना गरिएका छन् । सामाजिक रुपान्तरणमा लागेको पार्टीको केन्द्रीय कमिटीको सदस्य संख्या झण्डै २०० पुग्नु, नेताहरु बिना प्रतिस्पद्र्धा महाधिवेशन प्रतिनिधि हुनु, स्थानीय कार्यकारी मानिने जिल्ला कमिटीहरु पनि त्यस्तै भद्दा हुनु कृयाशील पार्टीको परिचय हुन सक्दैनन् ।
अहिलेको हाम्रो अवस्था, माओत्सेतुङको भाषाको ‘जहिलेसम्म वौद्ध भिक्षु छु, तबसम्म घण्टी बजाइरहन्छु’ भन्ने जस्तै छ । यसलाई बदल्नका लागि पार्टीको संगठन विभाग, पार्टी स्कूल विभाग, प्रचार विभाग र पूर्वपार्टी संगठन, युवा संघले सबैभन्दा बढी ध्यान दिनु पर्ने भएको छ । 
अन्यथा तीन दशकका हाम्रा सकारात्मक बैचारिक छलाङहरु बिना परिणाम समाप्त हुने संभावना हाम्रो सामू उपस्थित हुने अनिवार्यतालाई हामी कसैले पनि रोकन सक्दैनौं ।