Nov 29, 2020, 10:40 AM

FOLLOW: FacebookTwitterYoutube

नेपाली क्रान्ति कथा

नेपाली क्रान्ति कथा
प्रदीप नेपाल
गोरखापत्र कार्तिक १६

नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वर नाथ रेणुको पुस्तकको शिर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही पुस्तकको एक ठाउँमा उनले लेखेका छन् – कांग्रेसीहरु मलाई यहाँ थुनेर क्रान्ति गर्छु’ भनेर मनमोहन अधिकारी भुत्भुताइरहेका थिए’ । अक्षरस यही होइन । तर कुन कुरो प्रष्ट बुझिन्थ्यो भने नेपाली कांग्रेसको मुक्ति सेनाले मनमोहन अधिकारी र उनका कामरेडहरुलाई जोगबनीको कुनै कारखानामा थुनेको थियो र रेणु लगायतका कांग्रेसहरुलाई सुनसरी, झापातिरको मोर्चामा खटाइएको थियो ।
आज ६७ वर्षपछि यसको स्मृति आउनुको पनि कारण छ । केही दिनदेखि नेपाली कांग्रेसका सभापति लगायतका नेताहरु नेपालका कम्युनिस्ट पार्टीहरु अधिनायकवादी छन् भन्ने भ्रम पस्किरहेका छन् । उनीहरुको अभियोग छ – कम्युनिस्टहरु सत्तामा आए भने जनताको लेख्ने, बोल्ने, पार्टी खोल्ने स्वतन्त्रता पनि समाप्त हुन्छ । मैले रेणुको क्रान्ति कथाको चर्चा गर्नुको कारण यत्ति एउटा हो – शक्ति हातमा आएपछि आपूm बाहेक सबैलाई थुन्ने, मार्ने रोग नेपालको कम्युनिस्ट पार्टी होइन, नेपाली कांग्रेसका नेताहरुमा हुन्छ । यो पटक पटक देखिएको छ ००७ देखि ०७४ सालसम्म ।
नेपाली कांग्रेसका, अहिलेका सबैजसो नेतामा नेपालका सबै परिवर्तनको नेतृत्व हामीले गरेका हौं भन्ने दम्भ छ । यसलाई मैले खण्डन गर्नु पर्दैन । मैले त खालि नेपाली क्रान्ति कथाको तथ्य राखी दिने मात्र हो ।
(क) ००७ साल
००७ सालको क्रान्तिका पछाडि चार वटा घटनाको जानकारी आएका छन् । सबै नेपाली कांग्रेसकै श्रोत व्यक्तिबाट । एउटा जानकारी मैले माथि नै पस्किहालें । रेणु कोइराला परिवारका सदस्य बराबर थिए । अधिकारी परिवारको नजीक होइन । उनले मनमोहनलाई थुनेको कुरो एउटा लेखकीय इमानदारिताको हिसाबले उठाएका थिए ।
००७ सालको क्रान्तिको निर्णय गर्न बैरगनिया सम्मेलन भएको थियो । तर बैरगनिया सम्मेलनमा – जवाहरलाल नेहरु संयुक्त मोर्चाको सिद्धान्त स्वीकार्नु हुन्न, त्यसैले भाग लिन चाहने पार्टीले नेपाली कांग्रेसकै व्यानरमा भाग लिनु पर्छ भन्नु भएको छ भनी नेपाली कांग्रेसका सभापतिले भन्नु भएको छ – भन्ने सत्य पनि अब उद्घाटित भैसकेको छ । नेपाली क्रान्तिवीर रामप्रसाद राईको जीवनी पढ्दा यो ज्ञान पाइन्छ ।
यी दुबै भन्दा महत्वपूर्ण क्रान्तिकालीन जानकारी पनि लिनु जरुरी हुन्छ । दिल्ली संझौता भइसकेपछि पनि नेपालमा मुक्तियुद्ध जारी थियो । पूर्वको रामप्रसाद राईको कमाण्डमा रहेका मुक्ति सेनासँग शान्ति वार्ता र सम्झौता गर्न काठमाण्डौले बद्रीविक्रम थापाको नेतृत्वमा एउटा वार्ता समिति नै खटाएको थियोे ।
यो भन्दा पनि महत्वपूर्ण मुद्दा नेपाली कांग्रेसका सैद्धान्तिक, राजनैतिक र बैचारिक नेता, विश्वेश्वर प्रसाद कोइरालाले उदाङ्ग पार्नु भएको छ । उहाँका अनुसार दिल्लीको हैदरावाद हाउसमा भएको शान्ति संझौतामा नेपाली कांग्रेसको कुनै भूमिका थिएन । त्यहाँ पुरानो व्यवस्थाका तर्फबाट महाराज मोहनशमशेर जबरा, नयाँ व्यवस्थाका तर्फबाट राजा त्रिभूवन र भारतका तर्फबाट, नेपालका लागि भारतीय राजदुत सि.पि.एन. सिंहले संझौतामा हस्ताक्षर गरेका थिए । विश्वेश्वर कोइरालालाई भित्रको जानकारी मातृकाप्रसाद कोइरालाले दिएका थिए । तर मातृकाप्रसाद कोइरालाले पनि कतै हस्ताक्षर गर्न पाएका थिएनन् । तर मुक्तिसेनाको सर्बोच्च कमाण्डर चाहिं मातृकाप्रसाद कोइराला नै थिए । पछिल्लो समयमा त फेसबुकमा यो घटनाको फोटो पनि आइसकेको छ । यो इतिवृत्ति थाहा पाएर नै नेपाल कम्युनिस्ट पार्टी महासचिव पुष्पलालले ००७ सालको परिवर्तनलाई ‘अपूर्ण क्रान्ति’ भनेका हुन् ।
नेपाली कांग्रेसका नेताहरु पुष्पलालको कुरो मान्दैनन् । उनीहरु फणिश्वर रेणुको कुरो नमान्न सक्छन् । रामप्रसाद राईको कुरो पनि नमान्न सक्छन् । तर वी. पी. कोइराला त उनीहरुका लागि महामानव हुन् । वि. पी. कोइराला प्रदत्त ज्ञानलाई कसरी तिरस्कार गर्न सक्छन् उनीहरु ?
००७ सालको क्रान्तिको नेता हामी थियौं भनी ठाडो भाकाको भाषण गर्नु अघि नेपाली कांग्रेसका नेताहरुले एकछिन आत्मचिन्तन गरुन् । इतिहास अत्यन्तै क्रुर हुन्छ । तर त्यसको सत्यापनलाई कसैले तिरस्कार गर्न सक्दैन । ००७ सालको परिवर्तनमा लामो कोट लाउने राणा, आधुनिक छोटो कोट लाउने राजा र दुबैलाई लम्पसार पार्न दिल्ली पु¥याउने भारतीय राजदूत चन्द्रेश्वर नारायणको भूमिका थियो । ००७ सालको क्रान्ति केही इमानदार मानिसको बली खाएर सिद्धिएको थियो ।

(ख) २०१७ साल
सत्र साललाई फौजी काण्ड भन्छन् नेपाली कांग्रेका नेताहरु । यसलाई होइन म पनि भन्दिन । तर पदच्युत भएको नेपाली कांग्रेसको मन्त्री परिषदले त्यसपछि के ग¥यो ? नेपाली कांग्रेसका तीन चौथाइ साँसदहरु भकाभक पंचायत प्रवेश गरे । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको त्यत्ति नै ठूलो संख्या पंचायत प्रवेश गरेर कांग्रेसलाई इतिहासको इकाइ बनाउनेसम्मको अपराध गरे । नेपाली कांग्रेसको त्यति ठूलो समर्थन नभएको भए पंचायतले नेपाली राजनीतिमा तीन दशक निरंकुशतन्त्रको जरो गाड्ने थिएन ।
दुई तिहाइको दम्भ थियो कांग्रेसमा । श्रमीक वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी प्रति तीब्र घृणा थियो वी.पी. कोइरालामा । उनका लागि राजा र राणाका प्रतिनिधिहरु समाहित गोर्खा परिषद स्वीकार्य थियो । तर कम्युनिस्टहरु घृणाका पात्र थिए । पुष्पलालले बाँचुन्जेल संयुक्त आन्दोलको आह्वान गरिरहे, तर वी.पी. कोइरालाले सधैं पुष्पलालको प्रस्तावको तिरस्कार गरिरहे । वी.पी. कोइराला एकदिन पनि कम्युनिस्टहरु प्रति सकारात्मक भएनन् । नेपाली सन्दर्भमा कहिले तिनले एडिट फर्मुला भने त कहिले नक्सलपन्थी भने । एडिट फर्मुला त सम्पूर्णतामै गलत थियो भने नक्सलपन्थीको आरोप पनि आंशिक सत्य मात्र थियो । बरु उल्टै कांग्रेसका महामन्त्री, केन्द्रीय कोषाध्यक्षहरु नयाँ पंच भएर शासनारुढ भैसकेका थिए । त्यसको उल्टो पंचायतको पहिलो गोलीले भालुखोेपमा मारिएका कम्युनिस्ट पार्टीका सदस्य नेत्रप्रसाद गुरागाईं २०४७ सम्म बेनाम शहीद भएका थिए । 
०१७ पछि दुई पटक नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको प्रयोग पनि गरेको हो । तर दुबै पटक ठूलो नोक्सानी बेहोरेर त्यो असफल भयो । नेपाली कांग्रेसले आपूm बाहेक अरु कसैलाई विश्वास गरेन । एक्लै नेपालमा केही गर्न सकिंदैन भन्ने सत्यमा वी.पी. कोइरालाको विश्वास भएन । वी. पी. ले पुष्पलालको प्रस्ताव स्वीकार गरेको भए, ०२८ सालमा स्थानीय रुपमा हतियार उठाउन तयार भएका कम्युनिस्ट कार्यकर्ताहरु बीस सालमा पनि तयार हुन्थे । कांग्रेसको कार्यनीतिमा सशस्त्र संघर्ष छँदै थिएन । उसले संचालन गरेका दुबै सशस्त्र संघर्ष उसका तात्कालिक निर्णय थिए । तर कम्युनिस्ट पार्टीको निर्णय त कार्यनीतिक हिसाबले नै सशस्त्र संघर्ष थियो ।
यद्यपि सशस्त्र संघर्ष नेपाली परिवेशमा असफलताको सूचक हो । त्यो ००७ सालमा पनि असफल नै भएको हो र ०१८ मा पनि असफल नै भएको हो । यति मात्र होइन माओवादीको जनयुद्ध पनि असफल नै भएको हो ।
जनताको व्यापक सहभागीताले नै नेपालमा राजनीतिक परिवर्तन आउँछ भन्ने सत्यलाई २०३६ सालमै नेपाली कांग्रेसले बुझ्न सकेको भए, ०३६ सालपछिको बलिदानको समय बिताउनु पर्ने थिएन नेपालीले । कम्युनिस्टहरु पाँच पूर्वशर्त सहित जनमत संग्रहमा जाऔं भन्ने, वी.पी. लाई त्यो पाँच पूर्वशर्त सुन्नै मन नलाग्ने । जनमत संग्रहमा आफ्नो कारणले हार भएपछि पनि नेपाली कांग्रेसले त्यसको वस्तुगत समिक्षा गर्न चाहेन र मालेले पहेलोमा मत हाले भनेर बितण्डा मच्चायो । यो इतिहास पनि होइन हाम्रो पुस्ताले भोगेको जीवन हो । नेकपा (माले) ले दुई दर्जन भन्दा बढी योद्धाहरुलाई यही खुकुलो भनिएको निरंकुश शासनमा गुमाएको थियो ।