Mar 29, 2024, 04:00 PM

FOLLOW: FacebookTwitterYoutube

ओरालो मात्र झरेको नेपाली शिक्षा

ओरालो मात्र झरेको नेपाली शिक्षा
प्रदीप नेपाल 
२१ असार, गोरखापत्र

मैले बालवर्गबाट थालेको शिक्षाको कथा शिक्षामन्त्रीमा गएर टुंगिएको छ । बालवर्गमा हामी कागजमा लेख्न पाउँदैनथ्यो । सानो काठको फलेकमा आमरुपमा रातो माटोमा बाँसको सिन्कोले स्वर र ब्यन्जन लेख्न जान्नु पथ्र्यो । बालवर्ग सकेपछि कक्षा १ देखि ३ सम्म ठूलो नेपाली वर्णमाला पढ्नु पथ्र्यो । ठूलो वर्णमालाले हामीलाई नेपाली शब्द र वाक्य बनौट, जोड, घटाउ, गुणा, भाग, अंग्रेजी क्यापिटल र स्मल लेटर सिकाउँथ्यो । एउटा किताबले तीन वर्ष पढाउने हुनाले अभिभावकका लागि पनि शिक्षा महंगो थिएन । चौथो कक्षादेखि अंग्रेजी पढ्नु पथ्र्यो । अंग्रेजीको पढाई अप्ठ्यारै थियो । किनभने नौ कक्षामा पुगेपछि अंग्रेजीका प्रोज र पोइट्री सेलेक्सन पढ्नु पथ्र्यो । मैले त्यही बेला लुसी ग्रे, द ब्रीज जस्ता अंग्रेजी कविता, वादशाहको नयाँ लुगा (कथा), क्याथरिन मेन्सफिल्डको निबन्ध पढ्नु पथ्र्यो । हुनत, नेपालीमा पनि गद्य संग्रह र पद्य संग्रह जस्ता गहन किताब पढ्नु पथ्र्यो । स्कूलमै हामीले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठजस्ता साहित्यकारको परिचय पाइसकेका थियौं ।
शिक्षामन्त्री हुँदा, मैले विश्व बैंकका पदाधिकारीसँग कुरा गर्नु पर्ने भयो । शिक्षा नीति र संझौताका बारेमा छलफल गर्नु पर्ने भएको हुनाले मेरो आत्मविश्वास हल्लिएको थियो । त्यसैले मैले शिक्षा सचिवलाई सहयोगको लागि बैठकमा बोलाएको थिएँ । तर सचिवले, अँग्रेजीमा कुरा गर्न हजुरलाई दोभाषे नचाहिने रहेछ भन्नु भएको थियो । अर्थात त्यो बेलाको स्कूले शिक्षा अहिलेभन्दा नराम्रो थिएन । मेरो जीवनभरि आफ्नो शिक्षामा जति खर्च भयो, त्यसको दोब्बर पैसा एउटा महिनामा सकिने महंगा अँग्रेजी बोर्डिङ स्कूलले उत्पादन गरेका विद्यार्थी जसरी फररर बोल्न नजाने पनि म र मजस्ता साथीहरु आफ्नो मनको भावना पोख्न सक्ने भएका रहेछौं उतिबेला पनि ।
हो, भ्रम थियो त्यतिबेला पनि । उत्कृष्ट मानिनेहरु ऐच्छिक विषयमा हिसाब नै लिन्थे । मध्यमस्तरका विद्यार्थीहरु बायोलोजी पढ्थे र ऐन श्रेस्ता चाहिं कमजोेर विद्यार्थीको भागमा पथ्र्यो । स्कूलका सरहरुले नै विद्यार्थीलाई सल्लाह दिन्थे । मैले जानकारी पाएसम्म बायोलजी लिने म र मेरा साथी कोही डाक्टर बनेनन् । तर ऐन श्रेस्ता लिनेले खरदारमा लोकसेवा पास गरेर जागिर खान पाए । 
२०२८ सालको अमेरिकी क्याम्पस प्रणाली नेपाली शिक्षाको दुर्गतिको आरम्भ हो । मैले उच्च शिक्षाका दुबै प्रणाली बेहोरें । पहिले मैले आइ. ए. पढें । बी. ए. पढ्ने समयमा त्यो डिप्लोमा भैसकेको थियो । पहिले मैले कलेजमा पढेको थिएँ ।  स्नातक तहमा पुग्दा त्यो क्याम्पसमा रुपान्तरि भैसकेको थियो । कलेजको पढाइ कडा थियो । त्यो पुरा गर्न मलाई तीन वर्ष लाग्यो । क्याम्पसको डिप्लोमा, आइ. ए. जत्ति पनि गाह्रो थिएन । त्यसैले डिप्लोमाको पहिलो सेमेस्टर मैले सजिलै छिमलें ।
मेरो उमेरका साथीहरुको यो समान अनुभव हो । हिजो हामीले जे पढ्यौं हामीले सन्तानलाई त्यत्ति मात्रै शिक्षा दिन्थ्यौं भने उनीहरुले कक्षा तीनमा सात किलोको भारी बोक्नु पर्ने थिएन । किताबको मात्र कुरा होइन, शैक्षिक स्तर पनि यत्ति नराम्ररी ओरालो लाग्ने थिएन । ‘धनीका छोराछोरीका लागि बेलायती शिक्षा र गरीबका छोराछोरीका लागि साक्षरता’ जस्तो शिक्षाको दुइटा प्रणाली पनि नेपालमा जन्मिने थिएन होला । ठूलाका छोराछोरी फररर अंग्रेजी बोल्दा जनताका छोराछोरीले ट्वाँ परेर हेर्नु पर्ने लघुताभाषी समाजको जन्म पनि हुने थिएन होला ।
०२८ सालपछि पनि हामीले शिक्षा क्षेत्रमा सुधारको सट्टा बिनाश गर्ने काम ग¥यौं । शिक्षाले नेपाली समाजलाई केही दिएन । सामुदायिक विद्यालयबाट उत्पादित विद्यार्थीले बरु नेपालको सेवा गरे । तर विकासे शिक्षाले अन्तिम निष्कर्षमा त्यही अमेरिकाको सेवा ग¥यो । अर्थात हाम्रो देशका धनी बाउआमाले यूरोप अमेरिकाको सेवा गर्ने बिजातीय काम गरिरहेका  छन् । यो मैले कसैलाई गाली गरेको होइन, नेपालको गलत शिक्षानीतलाई हो । मूल कुरो नीति हो । ठाउँ पाएपछि कसले गोल गर्दैन र ?
आजको नेपाली शिक्षामा अनुसन्धान भन्ने शब्द छैन । हिजो त्रिभूवन विश्वविद्यालयसँग सिनास थियो, अनुसन्धान कार्य गर्नु पर्ने चेत थियो । अहिले कहाँ छ त्यो । अंग्रेजी पादरीहरुले लेखेको ‘कीर्तिपुरमा पृथ्वीनारायण शाहले काटेको नाक सत्र धार्नी थियो’ भन्ने असत्य वचनलाई त्यहीँ बसेको त्रिभूवन विश्वविद्यालयका डाक्टर गुरुहरुले टुलुटुलु हेरेर बसिरहेका छन् । अनुसन्धान गर्ने हो भने, थाहा हुन्छ – १७ धार्नी नाक काट्न कीर्तिपुरको जनसंख्या कति हुनुपर्छ  ? यो प्रश्नको जवाफ उतिबेला बाँचेका कीर्तिपुरबासीको जनसंख्यासँग मिल्दोजुल्दो होला कि नहोला ? यसका बारेमा गहिराइका साथ सौरभले लेखेका छन् र उनकोे निष्कर्षले भन्छ – यो हिसाब मिल्दैन । सौरभ पनि पुरानै शिक्षा पद्धतिमा हुर्किएका चिन्तक हुन् ।
अहिलेका नेपाली विद्यार्थीलाई भ्रम बाहेक अरु कुनै शिक्षा दिइएको छैन । नेपाल राज्यको चर्चा महाभारतमा पनि छ । अहिलेको सार्क क्षेत्रको कुनै पनि मुलुकको नाम त्यसमा छैन । मद्र, गान्धारजस्ता देशहरु इतिहासमा लुप्त भैसकेका छन् । एउटा देश नेपाल, त्यतिबेलादेखि अहिलेसम्म जीवित छ । यो सत्य कति वुद्धिजीवीलाई थाहा छ ? महाभारतमा भनिएको छ – नेपालदेश जितेपछि कर्ण दक्षिणतिर लागे ।
महाभारतमा ब्यास गुफा छ । तनहुँमा ब्यास नगर पालिका छ । ब्यास र सत्यवतीको समागममा जस्तो प्रकृतिको चर्चा गरिएको छ त्यो ब्यास गुफाका पुछारमा भेटिन्छ । तर हामी अहिले पनि ब्यासलाई इन्द्रप्रस्थतिरै खोजिरहेका छौं ।
अब अर्को अविश्वसनीय इतिहासको चर्चा गरौैं । यो पनि जान्ने भएर लेखेको होइन । मेरो फेसबुकमा एउटा जिज्ञासापूर्ण जानकारी आयो । त्यहाँ लेखिएको थियो – रामको अयोध्या भनेको वर्तमान भारतको अयोध्या होइन । त्यो नेपालको चितवन माडीमा पर्ने अयोध्यापुरी हो । उनले त्यसको पक्षमा आफ्नो तर्क पनि दिएका छन् । भारतको अयोध्याबाट बिहान हिँँडेका लक्ष्मण बाल्मिकी आश्रममा सिताजीलाई छोडेर साँझमा अयोध्या फर्किए । यो कसरी संभव हुन्छ ? एउटा रथले दिनभरिदमा चौध पन्ध्र सय किलोमिटर कसरी पार गर्छ ? त्यो अयोध्या भनेको हाम्रो माडीको अयोध्यापुरी हो । किनभने बाल्मिकी आश्रम र अयोध्यापुरीको दुरी बढीमा ७५ किलोमिटर होला । झट्ट सुुन्दा नाक खुम्च्याउने कुरो हो । तर मैले रामायण मिथक माथि अनुसन्धान गरेका तमिल विद्वान मक्कामल नागभुषणम्को एउटा पुस्तक पढेको थिएँ – महर्षि बाल्मिकीले जस्तो समाजको चर्चा गरेका छन्, त्यस्तो समाज दक्षिण भारतमा कहिल्यै थिएन । नेपालका, भौतिवादी पुराणवाचक बालकृष्ण पोखरेलले खस जातिको इतिहासमा ‘राम रावणको युद्ध दक्षिण एशियामा भएकै थिएन’ भन्नु भएको छ । रामधुनी पनि नेपालमै छ । अनुसन्धानका यी सबै श्रृंखलाको अध्ययन गर्दा रामलाई नेपालीले ज्वाईं भन्ने कि बाजे भन्ने द्धीविधा स्वतः जन्मिन्छ दिमागलाई मुक्त गरेर पढ्ने हो भने ।
हाम्रा अम्रिकाने ज्ञानलाई सर्बोपरी ठान्ने विद्धानसँग सोध्न मलाई मन लागेको छ । यो कुनै इतिहासको कुरो होइन, वर्तमानकै कुरो हो । अंग्रेजीमा आदिबासी र जनजातिलाई फरक फरक मानिन्छ । यी दुइटा शब्दले बिलकुलै पृथक संस्कृतिको प्रतिनिधित्व गर्छन् । आदिबासी भनेको रैथाने हो । अंग्रेजी भाषाको हिसाबमा भन्ने हो भने नेपालका आदिबासी भनेका खस हुन् । जनजाति भनेको अहिले पनि कबिला जीवन पद्धतिमा बाँचेको समुदाय हो । 
यस्तै नेपाली विद्धानहरुले खस र आर्य जाति एउटै कसौंडीमा पकाएर नेपालका खस र आर्यलाई खसआर्य भन्ने गरेका छन् । इतिहासका अध्येतालाई थाहा छ – ककेशियाबाट छ हजार वर्ष पहिले मानसरोबरको फेरो मारेर नेपालको जुम्लामा आएर राज गर्ने खस हुन् । त्यसको २५ सय वर्षपछि इन्द्रको नेतृत्वमा आएर पुरानो सिन्धु सभ्यताको बिनाश गरेर भारततिर पसेको जाति आर्य हो । खसआर्य भन्नु र उत्तर दक्षिण ध्रुव एउटै हुन् भन्नु जस्तै हो ।