Apr 25, 2024, 05:14 AM

FOLLOW: FacebookTwitterYoutube

नयाँ वर्ष नयाँ सोच नयाँ थालनी

नयाँ वर्ष नयाँ सोच नयाँ थालनी
प्रदीप नेपाल
गोरखापत्र 

धेरै दुःखको उपहार दिएर पुरानो वर्षले हामीसँग विदा लियो । यद्यपि यो दुःखका लागि सरकारलाई धेरै गालि गर्न मिल्दैन । सरकारले आफ्नो क्षमताले गर्न सक्नेसम्मको काम ग¥यो । भुइंचालो र भारतको अघोषित नाकाबन्दी अनपेक्षित नै थिए देश र सरकारका लागि । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । एउटा मात्र नयाँ वर्ष हुने देशमा, नयाँ वर्ष साँच्चिकै नयाँ वर्ष हुन्छ । हाम्रो देश अलि फरक छ । तर पनि प्रत्येक नयाँ वर्षमा शुभकामना दिने चलन छ । यो चाहिं हाम्रो सनातन नयाँ वर्ष भएको हुनाले र गोरखापत्रमा आज मात्र पालो परेको हुनाले यसै मार्फत मैले पनि यहाँहरु सबैलाई शुभकामना प्रदान गरेको हुँ ।
हुन त सिद्धान्त मरेको राजनीति बोकेर हिंडिरहेका छौं हामी यतिबेला । राजनीतिमा लागेर राजनीतिमै मर्न चाहनेका लागि यो वाक्य असुन्दर लाग्ला । तर सत्य यो भन्दा बाहिर छैन ।
यसलाई उदाहरणबाटै प्रष्ट गर्न सकिन्छ ।
सबैभन्दा ठूलो पार्टी हो नेपाली कांग्रेस । इतिहासमा त्यो समाजवादमा विश्वास गथ्र्यो । प्रजातान्त्रिक समाजवाद त्यसको सिद्धान्त थियो । तर पछिल्लो कालमा त्यसले प्रजातान्त्रिक समाजवादलाई पाखा लगाइदियो । यो मेरो आरोप होइन, सन २००६ मा संयुक्त राष्ट्रसँघको अधिवेशनमा भाग लिन गएको बेला, सोसलिस्ट इन्टरनेशनलका पूर्व महासचिवले, म पनि उपस्थित भएको एउटा बैठकमा नेपाली कांग्रेसका साथीहरुलाई भनेका थिए, ‘नेपाली कांग्रेस अब समाजवादी रहेन । बीपी कोइराला र गणेशमान सिंह मात्रै रहेछन् समाजवादलाई आदर्श मान्नेहरु । अहिलेको नेपाली कांग्रेससँग समाजवादको गन्ध पनि छैन ।’
२०४८ सालको योजना आयोग र सरकारले बीपीको समाजवादलाई प्रधानमन्त्री सचिवालयको शौचालयमा थुनेर उदारीकरणलाई नेपाली कांग्रेसको सिद्धान्त बनाएको हामीले थाहा पाएकै हो । जसरी त्यो पार्टी अघि बढिरहेको छ, अब त्यो सजिलै बौरिंदैन भन्ने ज्ञान सबैलाई दिएको छ । किनभने ०४८ साल पछि प्रत्येक दिनमा नेपाली कांग्रेस, बीपीको समाजवाद मर्दो र जीपीको उदारीकरण सहजाउँदो सँस्थाको रुपमा विकसित भएको छ । बीपी, गणेशमान र कृष्णप्रसादले देखेको प्रजातान्त्रिक समाजवाद, यी तीनै शीर्ष नेतासँगै मृत्युपछिको  शहिद चौतारीमा परिणत भैसकेको छ ।
पार्टीबाट प्रजातान्त्रिक समाजवादलाई सिध्याउने कामको अगुवाई सधैं प्रधानमन्त्रीको कुर्चीमा बसिरहन चाहने गिरिजाप्रसाद कोइरालाबाटै भयो । गिरिजाप्रसाद कोइरालापछि सुशिल कोइरालाको पालामा पनि समाजवाद ओरालो लाग्ने क्रम रोकिएन । रामचन्द्र पौडेलको सार्वत्रिक पराजयपछि त नेपाली कांग्रेसबाट सधैंका लागि प्रजातान्त्रिक समाजवाद विदा लिएर गयो । 

दोश्रो ठूलो पार्टी नेकपा (एमाले) । नेकपा (एमाले)को सिद्धान्त समाजवादी प्रजातन्त्र । त्यसको नेपाली अभिव्यक्ति मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) । अर्थात जबजको व्यवहारिक प्रयोग नै नेपालको सन्दर्भमा समाजवादी प्रजातन्त्रप्राप्तीको यात्रा हो । ०५१–५२ को नेकपा (एमाले) को सरकारले यो व्यवहारको आरम्भ पनि ग¥यो । तर सर्बोच्च अदालतको १२ भदौ ०५२ को फैसलाले लोक कल्याणकारी राज्यको अवधारणा माथि खुँडा प्रहार गरेपछि पराजित मनस्थितिमा पुगेको नेकपा (एमाले) को शीर्ष नेतृत्व सत्ता राजनीतिको लोभमा फँस्यो । आफ्नो परिवर्तनकारी कार्यक्रम लागू गर्न सकिने शर्तमा मात्रै पार्टीलाई क्रान्तिपूर्व पनि सरकार गठन गर्ने अनुमति थियो एमालेको सिद्धान्तले । नेपाली कांग्रेस त उदारीकरणको मार्गमा तीब्र बेगमा हिडिरहेको थियो । ०५३ सालदेखि नेकपा (एमाले) पनि ‘जसोतसो गरेर पनि सरकारमा जाने काम गर’ तिर लाग्यो । स्वभाविक छ, सत्ता राजनीतिको खेलमा लागेको पार्टीले लोककल्याणकारी मान्यता बोकेको जनताको बहुदलीय जनवादलाई मान्ने कुरै भएन । त्यसैले जनताको बहुदलीय जनवाद नेकपा (एमाले) का लागि, बल्खुको मदन भण्डारीको शालिकमा पुष्पहार चढाएर श्राद्ध गर्ने परम्परामा खुम्चियो । यसैकारण, पछिल्लो समयमा एमालेका बरिष्ट नेताद्धय झलनाथ खनाल र माधव नेपाल प्रधानमन्त्री बन्दा पनि नेकपा (एमाले) को लोककल्याणकारी मान्यताको सिन्को उठाएनन् ।
०७२ सालमा केपी ओलीको नेतृत्वमा फेरि (एमाले) को सरकार गठन भयो । चैत मसान्तमा त्यसले छ महिना पनि पुुरा ग¥यो । तर यो छ महिनामा केपी ओली प्रधानमन्त्री भएको र दलाल पूंजीवाद प्रतिपक्षमा भएको समयमा पनि यो सरकारले जनतालाई ०५१–५२ सालको निरन्तरताको बोध दिन सकेन । कतिपय सवालमा त त्यो ०४८ मा दलाल पूंजीवादतिर लागेको नेपाली कांग्रेसकै भाइ हुन पुगेको छ ।
तर कांग्रेसमा जसरी (एमाले) मा समाजवादी प्रजातन्त्रको चेत मरिसकेको छैन । नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुले पुराना पुस्तक प्रकाशन गरेर, विभिन्न तहमा गोष्टी आयोजना गरेर त्यो दियो बालिरहेका छन् । सँगसँगै नेकपा (एमाले) का, नेपाल ट्रेडयुनियन महासंघ, युवा संघ जस्ता भातृ संगठनहरुमा त्यसको हिङ अहिले पनि समाहित भएको देखिन्छ । पार्टीको शीर्ष नेतृत्वले हस्तक्षेप नगर्ने हो भने तिनले समाजवादी प्रजातन्त्रको दियोलाई बालिरहन सक्छन् भनेर विश्वास गर्ने आधार अझै सकिएको छैन ।
बाँकि रहेका दुई मध्यको, एमाओवादी र राप्रपा नेपालमा, एमाओवादी आपूmलाई आमूल परिवर्तनकारी पार्टी  मान्दछ । सिद्धान्तको हिसाबले भन्ने हो भने उ अहिले पनि नेपालमा नौलो जनवादी क्रान्ति हुनु पर्छ भन्ने पार्टी हो । दलाल पूंजीवादलाई सिध्याएरै छोड्ने सिद्धान्त हो नौलो जनवाद । तर के अहिलेको एमाओवादी पार्टीमा नौलो जनवादी सिद्धान्त जीवित छ ? छैन ।
अहिलेको व्यवहारमा त्यो पनि दलाल पूंजीवादको हिमायती भएको छ । त्यसका जनवादी आदर्शहरुमा किरा परेका छन् र सबैखाले माओवादीका लागि त्यो छुनु पनि नहुने फोहोर भएको छ । पछिल्ला दिनमा तिनीहरु नीजि पूंजीका खुला प्रवक्ता भएका छन् ।
राप्रपा नेपालका बारेमा केही नलेखौं । पार्टी चलाउन निश्चित वर्गको प्रतिनिधित्व गर्ने सिद्धान्त चाहिन्छ । अन्यथा खहरे जसरी उल्किएर आएको खहरे जसरी एक दुई चुनावपछि स्वात्तै सुकेर जान्छ । राप्रपा नेपाल यो नियती बाट उम्किन अहिलेसम्म सकेको छैन । 
समाजवादी अर्थतन्त्रउन्मूख पूंजीवाद राज्यसँग सम्पर्णतामा जोडिएको हुन्छ । त्यसलाई राज्य नियन्त्रित अर्थतन्त्र भन्दा पनि केह बिग्रदैन । कम्तिमा पनि त्यो राज्य र जनताप्रति दायित्वशील हुन्छ । त्यसको ठिक्क उल्टो नीजि अर्थतन्त्रलाई सबैथोक मान्ने उदार पूंजीवाद सधैंभरि युद्ध र भीडन्त उन्मूख हुन्छ । सानो मात्रामा भन्ने हो भने सिण्डिकेट त्यसको एउटा प्रवृत्ति हो । त्यसको सबैभन्दा ठूलो अभिव्यक्ति भनेको विश्वयुद्ध हो । किनभने नीजि अर्थतन्त्र आपूm बाहेक कसैप्रति पनि दायित्वशील हुँदैन ।
सार्वजनिक संस्थान चल्दैनन् भन्ने हौवा चिताइनसक्नु गरी पैmलाइएको छ । यो हल्ला खास गरी ०४८ मा बनेको नेपाली कांग्रेसको सरकारको निर्वाध नीजिकरणले जन्माएको हो । बाँसबारी छाला जुत्ता कारखाना मुनाफामा चलेकै थियो । कौडीको मोलमा बेचिएको बाँसबारी छाला जुत्ता कारखानाका औजारहरु नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको अगुवाइमा भारततिर पठाइयो । उतिबेलाको शाही नेपाल वायुसेवा निगमलाई ध्वस्त पार्ने काम पनि सोही सरकारको पालामा भएको हो । ०४८–५१ को नेपाली कांग्रेसको नीजिकरणको सिद्धान्त नै नेपालमा महाविनाश निम्त्याउने सिद्धान्त बन्यो । नेपाली कांग्रेसका महामानव वीपी कोइरालाले भने, सबै राष्ट्रियकरण गरिनु पर्छ । उनका कान्छा भाइले भने, सबै नीजिकरण गरिनु पर्छ । सही वीपी हारे, गलत जीपीले जिते । यो नै दुर्भाग्य हो नेपाली कांग्रसको ।
तर अहिले कांग्रेसलाई मात्र गालि गर्नुको कुनै अर्थ छैन । अहिले ‘वामपन्थी र देशभक्त’ भनिने शव्दावलीसँग मिल्ने खालको सरकारले पनि त्यही ०४८–५१ नीजिकरणलाई प्रोत्साहन दिइरहेको छ । अहिले पनि सार्वजनिक संस्थानहरु ओरालो लाग्दा छन् । नीजिकरणको झण्डा बोकेका त्यस्ता संस्थाहरु, जसको राज्य, राष्ट्र र जनताप्रति कुनै दायित्व छैन, तिनीहरुको बोलबाला बढेको छ ।
सोच नेपाली युवाहरु, तिमीहरुले कुन बाटो लिने हो ! पतनको उदारीकरण कि उत्थानको राष्ट्रिय पूंजीवाद ! तिमीहरुले ६० नाघेका राजनीतिका थकित यात्रीहरुलाई नै आदर्श मान्यौ भने तिमीहरु पनि पतनमार्गमा अघि बढ्ने छौ । होइन आआफ्नो पार्टीका समाजवादी चिन्तकलाई आफ्नो आदर्श बनायौ भने तिमीहरुकै नेतृत्वमा नेपालको मुहार फेरिन थाल्नेछ । तिमीहरु नेपाली समाजको गौरव हुन पाउने छौ ।