Apr 25, 2024, 05:19 PM

FOLLOW: FacebookTwitterYoutube

आपूmलाई चिनेर काम गरौं

आपूmलाई चिनेर काम गरौं
प्रदीप नेपाल
गोरखापत्र जेठ ४

हामी नेपाली को हौं ? हाम्रो इतिहास कहाँबाट आरम्भ हुन्छ ? हिजो हाम्रा पुर्खाहरुले के गरेका थिए ? आज हामी के गरिरहेका छौं । यस्ता अनगिन्ती प्रश्नहरु छन् नेपालीले जवाफ खोज्नु पर्ने । यो लामो र गौरवशाली इतिहासतिर सामान्यजनको ध्यान जाने कुरो भएन । नेपालका अति विशिष्ट विद्धानहरुको पनि यतातिर ध्यान पुगेको अहिलेसम्म जान्न पाइएको छैन । 
नेपालको इतिहास फगत साढे दुई सय वर्षको मात्र हो ? नेपालको संविधान लेख्ने माननीयहरुको निर्णयलाई स्वीकार गर्ने हो भने ‘पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको समयमा जुन जुन जातहरु नेपालमा थिए, ती सबै आदिबासी हुन्’ भन्ने कपटी असत्यलाई स्वीकार गर्नु पर्छ । आदिबासीको हचुवा परिभाषा संसदमा उपस्थित भएका नेताहरुका लागि त ग्राह्य भयो होला । तर इतिहासमा पि.एचडी. गरेकाहरुले सांसदको आँखामा बाँधिएको पट्टी खोल्नु पर्छ कि पर्दैन ? हामीजस्ता सामान्य पाठकलाई पनि थाहा भएको कुरा हो – नेपाल राज्यको अस्तित्व महाभारत कालमा पनि भेटिन्छ । महाभारत काल भनेको मर्दो मातृतन्त्र र उदाउँदो पितृतन्त्रको समय हो । हिन्दु साहित्यको आधारमा भन्ने हो भने महाभारत द्धापर युगको घटना थियो । त्यसपछि लेखिएका पुराण आदिमा पनि नेपालको अस्तित्व भेटिन्छ । तीन हजार वर्षदेखिको प्रामाणिक इतिहास हामी पढिरहेका छौं । विद्धानको खातापाता होइन, सरकारी खातापातामा पनि नेपालमा आभिर र किराँत राज्य रहेको इतिहास सुरक्षित छ । यो इतिहास साढे दुई सय वर्ष पुरानो मात्र हो ? राजकुमारी सीता, जनक शिरध्वज, राजकुमारी भृकुटीको इतिहास केबल साढे दुई सयको मात्र हो ? होइन, यो इतिहास कम्तिमा तीन हजार वर्ष र बढीमा पाँच हजार नौ सय वर्ष पुरानो हो । झण्डै छ हजार वर्षको इतिहास गाथा ‘हिन्दु माइथोलोजी’ मा शोध गर्ने विद्धानबाट पाएको हुँ मैले ।
माननीयज्यूहरुले नेपालको इतिहासलाई, दक्षिणका साढे दुई सय राज्यलाई आफ्नो कब्जामा लिएर एकीकृत ‘इण्डिया’ बनाउने इष्ट इण्डिया कम्पनीको अभियानसँग जोडेर गंभिर अपराध गरेका छन् । त्यस्तो अपराधपूर्ण कामलाई चूपचाप हेरेर बस्ने इतिहासविद्हरुले त्यो भन्दा गंभिर अपराध गरेका छन् । नजान्नेको गल्तीलाई माफ दिन सकिन्छ, तर जानी जानी गल्ती गर्ने अथवा कसैबाट भएको गल्तीलाई सच्याउने प्रयत्न गर्दैनन् भने तिनीहरुलाई माफ दिन सकिंदैन ।
यति मात्र होइन, महाभारतमा नेपाल जोडिएका दर्जनौं घटना छन् । यथा किराँत राजाको उपस्थिति, पाशुपतास्त्रको प्रयोग, विराट राजाको दरबार अनि गाईगोठ, किचकवध, अर्जुनधारा आदि इत्यादि कविको कल्पना मात्र होइन । काव्यले आफ्नो वर्तमानलाई कहिँ न कहिँ संवोधन गरिरहेको हुन्छ । 
यति मात्र पनि होइन, रामायण त शुद्ध नेपाली महर्षिले, नेपाली भूमिमा बसेर लेखेको महाकाब्य हो । यो महाकाब्यको आयु पैंतीस सय वर्ष पुरानो छ । रामायण र महाभारतको मिथकीय अध्ययन गरेका तमिल विद्धान मक्कामुल नागभुषणम्ले – बाल्मिकी रामायणमा प्रस्तुत गरिएको समाज दक्षिण भारतमा कहिल्यै रहेन भनेर पुष्टी गरेका छन् । उनको निष्कर्षले भन्छ – बाल्मिकीको समाज भारतको जबलपुर भन्दा उत्तरको हो । विदेशीले यति गहिरो गरी हाम्रो मुलुकको प्राचिनताका बारेमा जानकारी दिइरहेका छन् । हाम्रा शासक र तिनका सहयोगीलाई तातो न भुत्लो !
यति मात्र पनि होइन, छिमेकी चीनबाट आएका फाह्यान र हुएन साङहरुले त आफ्नो यात्रा विवरणमा नेपालीहरुको जीवन शैलीको समेत चित्रण गरेका छन् । यो चौथोदेखि सातौं शताब्दी बीचको कुरो हो । अर्थात आजभन्दा अठार सय वर्ष पुरानो संस्मरण । 
अनि कसरी हाम्रो आदिवासीत्व साढे दुई सय वर्ष हुन सक्छ ? उसै पनि नेपालमा शासक र सांसदहरुको अयोग्यताका कारण संविधान सिंगान पुछ्ने टालो भइसकेको छ । बाह्र जनालाई मन नपर्ने वित्तिकै संशोधन हुने हैसियतमा संविधान झरिसकेको छ । यस्तो स्थितिमा ‘पृथ्वीनारायण शाहले एकीकरण गरेको समयलाई नै आदिवासीको आधार वर्ष मान्ने’ हचुवा र गलत निष्कर्षलाई सच्याउने र कम्तिमा पनि नेपालको इतिहास पाँच हजार नौ सय वर्ष हुने आधार प्राप्त भएको हुनाले संविधान संशोधनमा आदिबासीको आधार वर्ष पनि त्यसैलाई मान्नु पर्छ । यो मिथक होइन, मानसरोबरतिरबाट नेपाल झरेका खस जाति नै नेपालका आदिवासी हुन् । तिनीहरु बोन धर्मालम्बी थिए । हिन्दु धर्मालम्बी थिएनन् । तिनीहरु देवीदेवता मान्दैनथे । तिनीहरुले पनि त्यो गौरवपूर्ण इतिहास बिर्सिसकेका छन् । त्यसैले अहिलेका अर्धज्ञानीहरुले तिनलाई खस सम्बोधन गरी अन्यमा फाल्दा पनि टुलुटुलु हेरेर बसेका छन् ।
मैले कुनै अधिकारको खोजी गरेको होइन । मैले त खालि इतिहासको खोजी होस्, त्यो खोजी नेपाली विद्धानहरुबाटै होस् भनेर झक्झक्याउन खोजेको मात्र हो । नेपालको सत्य खोतल्न हामीलाई अल्छि लाग्छ । अरुले लेखिदिएको उट्पटाङ इतिहास पढेर हामी दङ्ग पर्छौं । 
ब्रिटिश–इण्डिया र नेपाल बीचको युद्धको स्थिति सन १८१४ मा शुरु भएर १८१६ मा सकिएको होइन । बेलायती साम्राज्यवादीहरु जहिले भारत छिरे त्यतिबेलादेखि नै बेलायतको आँखा नेपालमा गाडिएको थियो । बेलायतले विश्वको कुनै पनि कुनामा आरम्भमा बन्दुके युद्ध शुरु गरेन । अरुको देशमाथि हस्तक्षेप गर्ने र त्यसलाई कब्जा गर्ने उसका दुईटा औजार थिए । एउटा थियो व्यापार । अर्को थियो बाइबल । हस्तक्षेप तेश्रो हतियार थियो । बङ्गालमा व्यापारिक हस्तक्षेप गरेपछि त्यसलाई विस्तार गर्न इस्ट इण्डिया कम्पनी खडा ग¥यो । बाइबल सँसँगै थियो । इस्ट इण्डिया कम्पनी पश्चिमउत्तर दिशामा पैmलियो भने बाइबलले दक्षिण भारतमा सफलता पायो ।
तर नेपालमा व्यापार काम लागेन । बाइबल पनि काम लागेन । अन्तमा तोप र बन्दुक पनि नेपाल कब्जा गर्न असफल भए । ब्रिटिश–इण्डिया नेपालसँग आगो भयो । पहिले ब्रिटिश–इण्डियाको हातमा भएको नेपाल विरोधी आगो १९४७ देखि सर्लक्क बेलायती चेतनामा हुर्किएको ‘स्वाधीन भारत’मा स¥यो ।
त्यसैले नेपालका इतिहास लेख्नेहरुमा नेपालप्रतिको आग्रह थियो । पृथ्वीनारायण शाहले बाइबललाई सबैभन्दा पहिले विदा गरे । भारतमा कुनै रजौटाले गर्न नसकेको यो कामले उनीहरुलाई पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो दुश्मन बनायो । ‘दक्खिनको वादशाह महाचत्तुर छ, त्योसित होशियार रहनु’ भन्ने जस्ता पृथ्वीनारायण शाहका नेपालका लागि दिव्य उपदेश भएको कुटनीति     बेलायतीहरुले नबुझ्ने कुरै थिएन । उनीहरुका लागि नेपालको एकीकरण र स्वाभिमान, दैलामा राखेको सिस्नु भयो ।
त्यही साम्राज्यको विस्तारमा गौरव गर्ने इतिहासकार माथि हाम्रा नेताहरुको विश्वास छ । तर योगी नरहरिनाथका सङ्कलित महत्वपूर्ण ऐतिहासिक दस्तावेज खोजेर अध्ययन गर्न उनीहरुलाई अल्छी लाग्छ । जबसम्म नेपाली इतिहासविद्हरु बेलाइती इतिहासकारले छरेको भ्रम र किंवदन्तीबाट मुक्त हुँदैनन्, तबसम्म नेपालको गौरवशाली इतिहास कहिल्यै लेखिँदैन । जहिलेसम्म विदेशीका इतिहासकारबाट हामी मुक्त हुन सक्दैनौं तहिलेसम्म नेपाल पनि वास्तविक सार्वभौमसत्ता संपन्न मुलुक हुन सक्दैन ।
मुद्दा मोदी या प्रचण्डको होइन, मुद्दा इन्दिरा गान्धी र महेन्द्रको पनि होइन, यो मुद्दा हो – ब्रिटिश इण्डिया र स्वतन्त्र नेपालको । जबसम्म भारतीय नेताहरु आफ्नो जीनमा रहेको ब्रिटिश इण्डियाको मानसिकताबाट बाहिर निस्किदैनन्, तहिलेसम्म तिनीहरु नेपाललाई आफ्नो ‘नर्थ इण्डिया कम्पनी’ नै बुझिरहन्छन् । इस्ट इण्डिया कम्पनीको बाइबल र तोप, बन्दुकले गर्न नसकेको नेपाललाई नर्थ इण्डिया कम्पनी बनाउने सपना भारतीय नेताहरुले बिर्सिदिए हुन्छ । बेलायतीहरुले पालेका हज्सन आदि इतिहासकारजस्तै भारतले पनि, नेपालको स्वाभिमानलाई ‘अतिराष्ट्रवाद’ को विशेषण दिए पनि नेपालीको बहुमतले हाम्रो नेपाल, हामी नेपाली भन्ने नारालाई कहिल्यै बिर्सदैनन् । सबै नेताले राम्रो काम गरेर नेपालको स्वतन्त्रता जोगिएको होइन । पृथ्वीनारायण शाहपछि गिर्वाणयुद्धदेखि त्रिभुवन वीरविक्रम शाहसम्मका सबै राजाहरु लम्पसारवादी नै थिए । राजाहरु महेन्द्र र वीरेन्द्रले थोरथार रुपमा पृथ्वीनारायण शाहको प्रतिनिधित्व गर्न सक्लान् । अरु त खै !
राणाहरुमा पनि जंगबहादुर पछिको पुस्ता लम्पसारवादी नै रह्यो । जंगबहादुरले थोरै भए पनि लुटिएको भूगोल फिर्ता गरे । म ब्रिटिश इण्डियाको रजौटा होइन भनेर नेपालका श्री ५ को मान राखे । अरु कुन ज.ब.रा. मा यत्तिको आँट र चातुर्य देखियो ?
भारतसँग झुकेर नेपाल बचाउन सकिंदैन । भारतसँग युद्ध गर्ने ठाउँमा पनि हामी पुग्दैनौं । त्यसैले भारत र चीन, दुबै राष्ट्रसँग हाम्रो पञ्चशीलको सम्बन्धलाई निरन्तरता दिऔं र उनीहरुलाई पञ्चशीलको संबन्धलाई सम्मान गर्न अनुरोध गरौं ।