Apr 26, 2024, 12:35 AM

FOLLOW: FacebookTwitterYoutube

समस्याःमध्यम वर्गको नेतृत्व

समस्याःमध्यम वर्गको नेतृत्व
प्रदीप नेपाल
८ भदौ गोरखापत्र


मध्यम वर्ग कुनै पनि मुलुकको सर्वाधिक औसरवादी समूह हो । आपूmभित्रको उग्रमहत्वाकांक्षाका कारण त्यो जन्मदेखि मरणसम्म ‘जता मल्खु उता ढल्कू’ को परिचय बोकेर उभिइरहेको हुन्छ । यसैकारण मध्यम वर्ग वा मध्यम वर्गीय वुद्धिजीविहरु निष्ठा शून्य हुन्छन् ।
अहिलेका सबै पार्टीको नेतृत्वमा मध्यवर्गीय वुद्धिजीविको नेतृत्व स्थापित छ । उहिले मालेकालमा हुँदा हामी समय समयमा आफ्नो बर्ग विश्लेषण गथ्र्यौं । १३÷१४ जनाको त्यो केन्द्रीय कमिटीमा अधिकाङ्शको बर्ग श्रोत हुन्थ्यो निम्नपूँजीवादी वर्ग । बर्ग विश्लेषण गरिसकेपछि हामी ‘डी क्लास’ हुनु पर्ने आत्म समिक्षा पनि गथ्र्यौं । ‘डी क्लास’ भनेको सर्वहाराकरण भनेर बुझ्दा हुन्छ । हामी देशको पनि वर्ग विश्लेषण गथ्र्यौं । नेपालमा दलाल तथा नोकरशाही पूँजीपति बर्ग बलियो रहेको तर राष्ट्रिय पूँजीपति बर्ग पनि आफ्नो अस्तित्व बचाएर उभिरहेको पाउँथ्यौं हामी । कुनै पनि मान्छेलाई पार्टीमा लिँदा, पार्टी सदस्यता दिँदा हेरिने भनेको उसको बर्ग नै हुन्थ्यो । जमिन्दार बर्गबाट आएका साथीहरुले अनिवार्यः रुपमा पूर्णकालीन हुनु पथ्र्यो । अरुका लागि भने यो स्वैच्छिक नै थियो । मध्यमवर्गको साथीले पनि कठोर परिश्रम गरेर मात्र पार्टी सदस्यता पाउँथ्यो ।
अहिले त्यो कडाई संभव छैन र आवश्यक पनि छैन । हो, नीति निर्धारण गर्ने तहमा पुगेको व्यक्तिले यो कडाइ पालन गर्नु पर्छ । तर हिजो बेलुकासम्मको राप्रपा अथवा राजपाको नेता वा कार्यकर्ता भैरहेको मानिस, भोलिपल्ट बिहान एमाले हुने यथार्थले पार्टीलाई, लुलो, सिद्धान्तहीन र बेकामे बनाउँछ । पार्टी प्रवेश गरिरहँदा नयाँ कामरेडले कम्तिमा पनि राप्रपा र राजपाले ठूला जमिन्दारको स्वार्थ रक्षा गर्छन्, दलाल तथा नोकरशाही पूँजीपति वर्गको हित रक्षा गर्छन् र नेकपा एमालेले श्रमजीवि वर्ग र राष्ट्रिय पूँजीपति बर्गको हित गर्छ भन्नेसम्मको सामान्य ज्ञान त बुझ्नु पर्छ नि । नवप्रवेशी कमरेडहरुका लागि माक्र्सवादको सामान्य ज्ञान दिने कक्षा सन्चालन गर्ने पाठ्यक्रम त तयार गर्नु पर्छ नि ! मैले आपूmले भोगेको कडाइको कुरा गरेको होइन । कम्तिमा पनि एमालेमा आउन चाहने जो कोहीले पनि राजनीति भनेको शोषक र शोषित, धनी र गरीब, सत्ताधारी र जनता बीचको सङ्घर्षको मियो हो भन्ने सच्चाई त बुझ्नु प¥यो नि । 
नेपालको सबैभन्दा ‘पुरानो, पाको, राजनीतिक परिवर्तनको नेता’ भनी आफैं दावी गर्ने नेपाली काङ्ग्रेसले कहिल्यै राजनीतिक परिवर्तनको नेतृत्व गरेन । ००७ सालको बारेमा पहिले आफैंमा ज्ञान थिएन । काङ्ग्रेस र राजा त्रिभूवनलाई प्रजातन्त्र ल्याउने महारथी मानिएकै थियो । तर स्वयम् वी.पी कोइराला र मातृकाप्रसाद कोइरालाका संस्मरणहरु, रामप्रसाद राई र के.आइ. सिंहका जीवनी पढेपछि थाहा भयो, ००७ सालको ‘परिवर्तनकारी’ भनिएको क्रान्तिलाई गर्भमै तुहाइएको थियो – भारतीय प्रधानमन्त्री पंडित जवाहरलाल नेहरु, नेपालका राजा त्रिभूवन वीरविक्रम शाहदेव र नेपालका प्रधानमन्त्री महाराज मोहन शमशेर जबराबाट । विचरो नेपाली काङ्ग्रेसले सदर साक्षी किनारामा पनि सही गर्न पाएनछ ।
आज सम्पूर्ण सच्चाई सार्वजनिक भैसक्दा पनि काङ्ग्रेका नेताहरु फुरुफुरु गरिहेका छन् –००७ सालको क्रान्तिका नेता हामी मात्रै हौं भन्दै । दस्तावेजहरुले भन्छन्, ००७ सालका मुक्ति सेनालाई दबाइयो, थुनियो, कतिपय ठाउँमा मारियो पनि । तिनै दस्तावेजले कथित परिवर्तनको श्रेय राजा त्रिभूवन, प्रधानमन्त्री मोहन शमशेर अनि नेपालका लागि भारतीय राजदूत सर सि.पि.एन. सिंहलाई दियो । बलिदानी मुक्ति सैनिक र तिनका क्रान्तिकारी नायकहरु त कता हराए हराए ।
००७ सालमा नेपालको मध्यम वर्ग जन्मिसकेको थियो र आमूल परिवर्तनमा पुग्न लागेको क्रान्तिलाई त्यही वर्गले धोका दिएको थियो । प्रजातान्त्रिक समाजवादको अध्ययन गरेका वी.पी. कोइरालाले त्यो धोकालाई चिनेका थिए । तर त्यसको प्रतिवाद गर्न सकेका थिएनन् । त्यसैले त्यसको सक्कली रुप सार्वजनिक गर्न राजा महेन्द्रको धोकासम्म तिनले पनि पर्खिनु परेको थियो । उनका नजीक मानिएका मध्यम वर्गीय वुद्धिजीवि साँसद भएका अथवा नभएका स्वाट्टै वी.पी. कोइरालालाई धोका दिएर पन्चायतका महारथी बने । तर गाउँ घरमा हामीले चिनेका साना मसिना काङ्ग्रेसहरु जीवनको सङ्कट हुँदा पनि चार तारे झण्डाको विश्वासमा बाँचिरहे ।
नेपालमा सबैभन्दा गाह्रो भएको छ नेकपा एमालेलाई । माले कालको १५ वर्षे जीवनमा यसले ब्यक्तिलाई कम्युनिष्ट बनाउन अतिशय कष्ट ग¥यो । त्यसको शिक्षामा हुर्किएकाहरुलाई अहिले निष्ठा जोगाउन महाभारत परेको छ । माले कालमा हाम्रो ठूलो पङ्ति मध्यम किसान वा शहरिया निम्नपूँजीवादी वर्गको समूह भित्र पथ्र्यो र मजदुर किसान एकतामा विश्वास गथ्र्यो । उग्रवामपन्थको जबरजस्त प्रभाव भए पनि त्यसको निष्ठा गाउँका गरिबहरु, शहरका श्रमिकहरु, निम्न माध्यमिक विद्यालयसम्मका शिक्षकहरुमा थियो । तिनीहरु नै हाम्रो राजनीतिक कामका आधार थिए । उच्च माध्यमिक विद्यालयका शिक्षक, कलेजका शिक्षक हामीसित नभएका होइनन् । तर त्यसको सङ्ख्या साह्रै सानो थियो । र त्यो सानो सङ्ख्यालाई पनि हामी ‘डिक्लास’ गर्ने शिक्षा दिई रहन्थ्यौं ।
आज त्यो निष्ठा र अनुशासन नेकपा एमालेमा पनि छैन । पुराना पात झर्दै जान्छन, नयाँ पातहरु पलाउँदै जान्छन् भन्ने मान्यता अब नेकपा एमालेमा छैन । पुरानाहरुलाई पन्छाउदै जानु पर्छ र नयाँलाई स्थान बनाई दिनु पर्छ भन्ने नयाँ परम्परा नेकपा एमालेमा पनि बलियो भैसकेको छ । निष्ठा व्यापार भएको छ, आदर्श झिल्के भएको छ । त्यसैले नेकपा एमालेमा पनि आउने जाने क्रम बढेको छ । एमालेका पूर्व केन्द्रीय नेताहरुले नै जमिन्दार वर्गको हीत गर्ने पार्टी बनाएका छन् । माक्र्सवाद सम्पूर्णतामै तिरस्कार गरेको, जातको राजनीति आरम्भ गरेका छन् । यी दुबै प्रवृत्ति कालान्तरमा पराजित हुनेछन् । तर पार्टीभित्रको निष्ठा र आदर्श त्यतिन्जेलसम्म बाँचिरहन्छ कि रहँदैन भन्ने प्रश्न यतिबेला उत्तिकै बलियो बनेको छ ।
यस्तो कठोर राजनीतिक शिक्षा अरु कुन पार्टीले दिए होलान् ! पुष्पलालले किसान बीच जाने अभियान चलाउनु भएको थियो । पुष्पलाल समूहको शक्ति पनि त्यही थियो । तर त्यहाँ निरन्तर राजनीतिक कामको अभाव देखियो । त्यसपछि एक्कासी ठूलो शक्तिका रुपमा देखा परेको नेकपा माओवादीले बन्दुक चलाउन सिकाउने बाहेक अर्को कुनै राजनीतिक काम गरेको देखिएन । त्यसले आफ्ना गुरिल्लालाई ‘अनुशासनका तीन नियम र पालन गर्नु पर्ने आठ काम’ पनि सिकाएको रहेनछ । उग्रवामन्थमा वर्ग पक्षधरता सबैभन्दा बलियो हुन्छ । तर नेकपा माओवादीका नेताहरुले आफ्ना गुरिल्लाहरुलाई यति सामान्य ज्ञान पनि सिकाएन छन् ।
यी सबै पार्टीको नेतृत्वमा वर्गीय अलिकति पनि भिन्नता छैन । वर्तमान परिप्रक्षमा नेपालीे काङ्ग्रेस त दक्षिणपन्थी भैसक्यो । ‘समाजवादको तिरस्कार र उदारीकरणको स्वीकार’ त्यसको राजनीतिक कार्यक्रम भैसकेपछि त्यो कुनै हालमा पनि जनपक्षीय हुन सक्दैन । त्यसको अभिष्ट विश्वबैंक प्रदत्त आर्थिक कार्यक्रम हो – जो सधैं श्रमजीवि जनताको विपक्षमा हुन्छ । नेकपा एमालेको स्खलन पनि अपेक्षित तिब्रतामा छ । जनताको बहुदलीय जनवाद यतिबेला खोपीको देउता भएको छ । काममा कतै पनि जनताको बहुदलीय जनवाद देखिँदैन । ‘क्रान्तिपूर्व पनि सरकारमा जाने र प्रगतिशील सुधारका काम गर्ने’ जबजको मान्यतालाई आजको एमालेले यसरी अनुवाद गरेको छ, ‘जसरी पनि सरकारमा जाने सके राम्रा, नसके नराम्रा काम गर्ने’ । जनताले आशा गरेको नेकपा माओवादी केन्द्र कहिल्यै माक्र्सवादी रहेन । समाजवादी रहेन । सारमा त्यो माओवादी पनि रहेन । त्यो चरम औसरवादी पार्टीको रुपमा नेपालको इतिहासमा अङ्कित हुने भयो । साथीलाई शत्रु र शत्रुलाई साथी देख्ने त्यसको दृष्टिदोष, राजनीतिलाई हत्या हिङ्साको खेल बनाउने, आफ्नो नाफाको लागि जोसँग पनि सिद्धान्तहीन गठबन्धन गर्ने हुनाले अहिले त्यो नेपाली मध्यम वर्गको सबैभन्दा ठूलो पार्टी भएको छ । हार्न लागे टुक्रिने, जित्ने संभावना देखिए जुट्ने – यो नै अहिलेको माओवादी केन्द्रको परिचय हो ।
जसले जे भने पनि साठी नाघेका नेताहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्न सक्दैनन् । तिनीहरु सबै मध्यम वर्गका प्रतिनिधि भएका छन् । देशको भलो चाहने हो भने तिनले तुरुन्तै पदत्याग गरेर आफँैले हुर्काएका युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ ।